झापा, असार ८ । इलाममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

आज दिउँसो ४.१० बजे इलाम रोङ गाउँपालिका ३ पाथले डाँडास्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ न.को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बझाङ बित्थडचिर गाउँपालिका वडा नं . १ बस्ने २६ वर्षीय मदनबहादुर बोहरा र पछाडी सवार जाजरकोट छेडागाडा नगरपालिका ८ बस्ने २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पतालका डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुवैको शव सोही अस्पतालमा रहेको छ ।
दुर्घटनापछि ट्रक र ट्रक चालक पाँचथर कुम्मायक गाउँपालिका ९ बस्ने ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिई प्रहरी चौकी फिक्कलमा राखिएको छ