झापा, असार ९ । जबरजस्ती करणीको आरोपमा झापामा तीनजना पक्राउ परेका छन् ।

हल्दिवारी , कचनकवल र झापा गाउँपालिकामा भएका जबरजस्ती करणीका घटनामा संलग्न तीनजना पक्राउ परेका हुन् । सुस्त मनस्थिति भएकी २६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी २० हप्ताको गर्भ बोकाउने हल्दिवारी २ बस्ने ७३ वर्षीय बृद्ध मेदनीप्रसाद चापागाई पक्राउ परेका छन् । उनले गत माघ महिनादेखि पटक पटक जबरजस्ती करणी गर्ने गरेको उजुरी परेको हो ।

त्यस्तै एक २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कचनकवल गाउँपालिका वडा नं. ६ पल्लाबारी बस्ने २३ वर्षीय डी कुमार भन्ने हरदेव यादव पक्राउ परेका छन् । उनले पीडितकै घरभित्र पसि जबरजस्ती करणी गरेको आरोप लागेको हो ।

त्यस्तै आफ्नै ६५ वर्षीया सासु आमालाई जबरजस्ती करणी गरेको आरोपमा झापा गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्