झापा, असार ९ । झापामा धान रोपाइँ शुरु भएको छ ।

मेशिनबाट धान रोप्ने तयारी

असार १ गतेदेखि नै झापामा धान रोपाइँ शुरु भएको हो । हिजो असार ७ गतेसम्म जिल्लामा करिव ३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

पर्याप्त रुपमा वर्षा नभएका कारण बीउ तयार भएपनि किसानहरुले रोपाइँ गर्न नसकिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए । उनले अहिले किसानहरुले अगुवा धान रोपिरहेको जानकारी दिए । एक लाख ६० हजार छ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुने गरेको सूचना अधिकारी भण्डारीले जानकारी दिएका छन् ।

झापामा ५० दशमलव ५३ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ भने बाँकीमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्