झापा,असार ९ । पाँचथरको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ ।


गाउँपालिकाको ११ औं गाउँसभा अधिवेशनमा पालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले यस्तो नीति पेश गरेका हुन् । जसमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकले नीजी विद्यालयमा छोराछोरी पढाएमा खाइ पाइ आएको सुविधा कटौती गर्ने उल्लेख छ ।
उक्त नीति ११ औं गाउँसभा बाट उक्त निर्णय सर्वसम्मत पारित भएको हो । गाउँपालिकाको प्रवक्ता भरत खपाङ्गीका अनुसार सार्वजनिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै सामुदायिक शिक्षाप्रतिको भरोसा कायम गर्न यस किसिमको कडाइ गरिएको हो ।
“यसअघि गाउँ कार्य पालिकाले गरेको निर्णय नीति कार्यान्वयन फितलो भएको गुनासो आइरहेकाले यो कदम चालिएको हो,“ खपाङ्गीले भने ।

अबदेखि निजी विद्यालयमा छोराछोरी पढाउने जनप्रतिनिधि, पालिका कर्मचारी तथा शिक्षकको तलब, भत्ता तथा अन्य सुविधाबाट १० प्रतिशत रकम कट्टा गरिनेछ । सो रकम गाउँपालिकाको आन्तरिक राजस्व खातामा दाखिला गरिने उल्लेख गरिएको छ ।गाउँसभा बाट पारित ‘शिक्षा ऐन’मार्फत यस व्यवस्थालाई कानुनी आधार दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्