झापा, असार ९ । झापाको अर्जुनधारामा ग्यास लिक भएर आगलागी भएको छ ।

आज बिहान अन्दाजी ११ः३५ बजे अर्जुनधारा नगरपालिका ६ माता मन्दिर छेउमा बस्ने कृष्ण तिमल्सिनाको भान्सा घरमा रहेको ग्याँसको सिलिण्डर लिक भई रेगुलेटरमा आगो लागेको हो । आगलागीबाट भान्सा घरमा रहेको फ्रिज , दराज र ठेकी गरी अन्दाजी ५० हजार बराबरको क्षति भएको छ ।

स्थानीय, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्