झापा, असार ९ । ठूलो परिमाणमा लागूऔषधसहित झापाको कन्काईबाट एक महिला पक्राउ परेकी छन् ।

आज दिउँसो अन्दाजी १२ः३० बजे इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले कनकाई नगरपालिका ४ कृषि मार्ग नमुना टोल बस्ने ४० वर्षीया बिमला चौधरीको घरबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।

चौधरीको घरबाट प्लास्टिकसहित १९५ ग्राम ब्राउनसुगर र २५० ग्राम गाँजा बरामद भएको प्रहरी स्रोतले जनाएको छ । लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्