झापा, असार ९ । झापाको बिर्तामोड नगरपालिका–८ मा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् ।

त्योसंगै हात्तीको समूहले धनमाल क्षतिसमेत गरेको छ । आज बिहान ४ बजे ३–४ वटाको संख्यामा आएका हात्तीको समूहले बिर्तामोड –८ शुक्रवार टोल बस्ने ५५ वर्षीय सुफल मर्डीे बाँसको टाँटी बेरा भत्काई अन्दाजी दश हजार बराबरको क्षति पुर्याएको छ । मर्डी भाग्ने क्रममा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

सोही हात्ती समूहले ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काई अन्दाजी ५० हजार बराबरको क्षति गरेको छ । त्यस्तै ४३ वर्षीया शिवकुमारी मगरको आँगनमा राखिएको भकारीबाट अन्दाजी सय किलो चामल खाएर नष्ट पारेको प्रहरीले जनाएको छ । हात्ती समूह सोही स्थानको देउनिया खोलातर्फ भागेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्