झापा, असार ९ । इलाममा चट्याङले लागेर गाई मरेको छ ।

गएराति ११ बजे इलाम चुलाचुली गाउँपालिका ३ मंगलसिद्धि बस्ने यामबहादुर राईको गोठमा बाँधेको गाभिना गाई वर्षासँगै परेको चट्याङले लागेर मरेको हो ।
आज साँझ प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा घटनास्थल पुगेर घटनाबारे जानकारी लिएको थियो । राईले मरेको गाई पुरिसकेका थिए । गाई मर्दा ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।