झापा, असार ९ । झापाको बिर्तामोडमा धानको बीउ काढ्दा काढ्दै एकजनाको मृत्यु भएको छ ।

आज बिहान १० बजेतिर बिर्तामोड १० का जीवन पाठकको खेतमा बीउ काढ्दा काढ्दै शिवसताक्षी नगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षका धिरेन सन्थालको मृत्यु भएको हो । छारे रोगको समस्या भएका सन्थाललाई बीउ काढ्दा काढ्दै रोगले च्यापेको थियो ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।धिरेन विगत १० दिनदेखि पाठकको घरमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्