एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्धविराममा सहमति भएको दावी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका छन्।
दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र “२४ घण्टामा” औपचारिक रूपमा युद्ध समाप्त हुने उनले बताएका छन्।
युद्धविरामको घोषणा भएपनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्।
यसअघि गएराति इरानले कतार र इराकस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेको थियो। आक्रमणबाट कुनै पनि मानवीय क्षति नभएको अमेरिकाले बताएको छ ।