झापा, असार १० । मेची राजमार्ग अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको अविरल बर्षाको कारण हेवा खोलामा आएको बाढी डाइभर्सनमाथि ओभरफ्लो भई बगेका कारण मेची राजमार्ग अबरुद्ध भएको हो । राति ठूलो पानी परेपछि ओभरफ्लो भई डाइभर्संन माथिबाट बग्न थालेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हेवा खोलाले फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ स्थित मेची राजमार्गलाई जोडेको छ । बाटो अवरुद्ध भएपछि धेरै सवारी साधन अलपत्र परेको प्रहरीले जनाएको छ ।