झापा, असार १० । झापाको कमल गाउँपालिका १ स्थित कृष्णे खोलाले बगाएर एकजना बालकको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ७ः३० बजे कृष्णे खोलाको बगरमा कमल वडा नं.१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पाको शव भेटिएको हो ।

उनी दुई दिनअघि कोही कसैलाई जानकारी नगराई घरबाट आफूखुसी हिडेका थिए । घर फर्की नआएपछि छरछिमेकी, आफन्त र नातागोतामा खोजतलास गरिएको थियो । उनी फेला नपरेपछि उनका बुबाले हिजो प्रहरी चौकी तोपगाछीमा हुलियासहितको निवेदन दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्