झापा , असार १० । पछिल्लो चरणमा कोरोना संक्रमण फैलिएयता देशमै पहिलो पटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ ।

सूर्योदय नगरपालिका वडा नं १० फिक्कल बस्ने ४९ वर्षीया सुनिता लामाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज बिहान ६ बजे नोबेल शिक्षण अस्पताल बिराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव अस्पतालले र्यापिङ गरी आफन्तलाई जिम्मा दिएको प्रहरीले जनाएको छ । त्यसबारे जिल्ला प्रहरी कार्यालय इलामसंग समन्वय गर्ने कार्य भइरहेको जनाइएको छ ।

ज्वरो आउने बिरामी भई स्थानीय अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि दुई दिनअघि उनलाई बिर्तामोडस्थित बिर्ता सिटि अस्पतालमा ल्याई हिजो चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप उपचारको लागि उनलाई विराटनगर लगिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्