झापा , असार ११ । झापाका १५ वटै पालिकाहरुले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् ।

जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिकामध्ये सबैभन्दा ठूलो बजेट मेचीनगर नगरपालिकाले ल्याएको छ । मेचीनगरले १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँको बजेट ल्याएको हो । जिल्लाका ८ वटा नगरपालिकामध्ये सबैभन्दा कम बजेट कन्काई नगरपालिकाको रहेको छ । कन्काई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७० करोड ५९ लाख २५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
गाउँपालिकामध्ये सबैभन्दा ठूलो बजेट कमल गाउँपालिकाको रहेको छ । कमलले ७२ करोड ८२ लाख १२ हजार ३६ रुपैयाँको बजेट ल्याएको हो । त्यस्तै सबैभन्दा कम बजेट हल्दिवारी गाउँपालिकाको ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँ रहेको छ । केही पालिकाबाहेक अधिकांश पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेका छन् ।