झापा, असार ११ । अरुण नदीमा नुहाउने क्रममा भोजपुरका दुई बालिका बेपत्ता भएका छन् ।

आज दिउँसो ४;३० बजे भोजपुर हतुवागढी गाउँपालिका .९ मचुवास्थित अरुण नदीमा सोही ठाउँ बस्ने डम्बर राईकी छोरी वर्ष १२ की कृषिका राई र देवराज राईकी छोरी वर्ष १२ की खुशी राई अरुण नदीमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका हुन् ।
वडा अध्यक्ष संजाल राईले साँझ ६;५० बजे प्रहरी चौकी हसनपुरमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।