झापा , असार ११ । झापाको हल्दिवारीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

आज साँझ अन्दाजी ६ः३० बजे हल्दिबारी गाउँपालिका वडा नं. ४ स्थित दक्षिणतर्फ अधिकारी चोक जाने बाटोमा रहेको कल्भर्टभित्र सोही क्षेत्रका करिब ६० बर्षका बुचु सन्थालको डुबेर मृत्यु भएको हो ।
उनी विगत ३०–४० वर्षदेखि सोही क्षेत्रमा जनमजदुरी गर्दै आएका थिए । स्थानीयले प्रहरीलाई जानकारी दिनासाथ प्रहरी टोली गएर घटनास्थल सुरक्षित राखेको र आवश्यक प्रकृया गरिरहेको प्रहरीले जनाएको छ ।