झापा, असार १२ । झापाको भद्रपुरमा पैसा माग्दा नदिएपछि रिसको आवेगमा नातिले ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार गरेका छन् ।

आज बिहान अन्दाजी ५ बजे भद्रपुर नगरपालिका १० स्थित सत्र बिगेमा सोही ठाउँ बस्ने २७ वर्षीय महेश सुबेदीले आफ्नै हजुरआमा ७२ वर्षीया थिनमाया सुबेदीको घरमा आई पैसा माग्दा नदिएपछि रिसको आवेगमा खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । थिनमाया घरमा एक्लै बस्दै आएकी थिइन् ।
घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको चिउडो काटिएको छ । खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।