झापा, असार १२ । झापा र इलामको सिमाना मैनाचुलीमा एक बेवारिसे शब फेला परेको छ ।

झापाको शिवसताक्षी ११ र इलाम चुलाचुलीको सिमानामा आज बिहान एक बेवारिसे शव फेला परेको हो । सो शव मधेसी मुलका व्यक्तिको भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।शव कुहिन लागेको अबस्थामा रहेको जनाइएको छ ।