कुमरखोद , असार १३ । झापा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

झापा गाउँपालिकाको ४ नं वडा कार्यालयको आयोजनामा भएको एक दिवसीय निःशुल्क शिविरमा ६८ महिला र ४३ पुरुष १११जनाले निःशुल्क स्वास्थ्य जाँच गराएको वडा अध्यक्ष मोहमद ताहिरले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरमा हाडजोर्नी , नसा तथा वाथरोग, , स्त्री तथा प्रसुति , फिजिसियन , पाईल्स , पिस्टुला, हाइड्रोसील , ईसीजी सेवा विशेषज्ञ डाक्टरद्धारा निःशुल्क प्रदान गरिएको वडा सचिव प्रतिमा रिमालले जानकारी दिएकी छन् । वडाध्यक्ष ताहिरले स्वास्थ्य शिविरमा निःशुल्क औषधी वितरणसमेत गरिएको वताए । शिविरमा निःशुल्क औषधी वितरण र प्राविधिक सहयोग न्युरो फार्मेसी एण्ड पाथिभरा क्लिनिक सुरुङ्गाले गरेको थियो ।