झापा, असार १३ । सुनसरीको धरानमा रोलरसंग ठोक्किएर मोटरसाइकलमा सवार तीनजना गंभीर घाइते भएका छन् ।

हिजो साँझ ७;५० बजे धरान –८ सेउती पुलनजिकै कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको रोलरलाई सोही दिशातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ३३१५ नं. को मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा इटहरी–१९ तरहरा बस्ने ३८ वर्षीय सुरेश राई, इटहरी –२० बस्ने १७ वर्षीय धिरज पुरी र इटहरी –२० बस्ने १८ वर्षीय सुमित शाही गंभीर घाइते भएका हुन् । घाइतेहरुलाई बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा त्यहाँबाट बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।


