झापा, असार १३ । पाँचथरको फिदिममा शंकास्पद वस्तु फेला परेको छ ।

हिजो साँझ ६ः५० बजे फिदिम नगरपालिका –६ शिवा बस्ने ४० वर्षीय भुपाल तुम्रोकको ढुङ्गा माटोको गारो जस्ताको छानो रहेको २ तल्ले घरको माथिल्लो तल्लाको गारो सेप्टीमा गोलो डल्लो ग्रिनेड जस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो । आज बिहान वीर दल गणबाट नेपाली सेनाको बम डिष्पोजल टिम घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्