झापा, असार १३ । करिव २ केजी गाँजासहित झापा अर्जुनधाराका दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो ४.३० बजे अर्जुनधारा ६ पुष्पलाल चौक बस्ने बर्ष अन्दाजी ५९ की अमृतमाया लिम्बूको घरमा लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम र इलाम १२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा १ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने बर्ष अन्दाजी २० का रोशन भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा बरामद भएको हो ।

गाँजासहित दुबैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्