बिर्तामोड, असार १३ । झापाको बिर्तामोडमा लुक्स केनल एण्ड फिस मार्ट खुलेको छ ।

घरपालुवा कुकुर , एक्वेरियम र चरा पाल्न खोज्ने सौखिनहरुका लागि सुविधासम्पन्न मार्ट खुलेको हो ।
शुक्रबार एक संक्षिप्त कार्यक्रमका बिच मार्टका सञ्चालक युवराज दाहालकी माता रेणुका दाहाल र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले संयुक्तरुपमा रिबन काटेर मार्टको उद्घाटन गरेका थिए।
पशु प्राविधिक सहायक दाहालले एउटै छातामुनि सबै सेवा उपलब्ध गराउने उद्धेश्यले ८० लाख रुपैयाँको लागतमा मार्ट शुरू गरेको बताए । २८ वर्षदेखि प्राविधिक क्षेत्रमा काम गर्दै आएका दाहालले विगत ५ वर्षदेखि व्यवसाय गर्दै आएका थिए। अहिले व्यवसाय विस्तार गरेर मार्टको रुपमा विकास गरेको दाहालले बताए ।
मार्टमा घरपालुवा कुकुर, चरा, एक्वेरियम उपलब्ध हुनेछ । कुकुर, चरा, बिरालो र माछाका लागि आवश्यक सम्पूर्ण खाद्यान्न, औषधि र एक्सेसरिज उपलब्ध हुने उनले बताए ।उद्घाटनको अवसरमा एक हप्तासम्म सामान खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक कमला दाहालले जानकारी दिइन् । उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कुशल खतिवडा, कोषाध्यक्ष युवराज निरौला, हिमालयन लाईफ इन्स्योरन्स कम्पनीका बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीलगायत उपस्थित थिए । कार्यक्रम सागर रिजालले सञ्चालन गरेका थिए ।