झापा, असार १४ । विहेमा डिजे बजाई नाच्ने क्रममा करेन्ट लागेर मोरङमा एक युवकको मृत्यु भएको छ ।

आज बिहानको राति १;३० बजे मोरङ बिराटनगर १८ झटियाही बस्ने बिजय यादवका छोरा १७ वर्षीय अमित यादव सोही ठाउँका कन्हैया यादबकी छोरीको विवाहमा डिजे बजाई नाचिरहेका थिए । नाच्ने क्रममा अचानक डिजेको तारमा लड्न गई करेन्ट लागेर उनी घाइते भएका थिए ।
उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगरमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । पोस्टमार्टमपश्चात् मृतकका बुबा बिजय यादवले शव बुझिलगेको प्रहरीले जनाएको छ ।