बिर्तामोड, असार १४ । झापाको बिर्तामोड–४ मुनाल टोलस्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलले कक्षा ११ र १२ मा पढाइ हुने बिषयहरुको शुल्क सूची सार्वजनिक गरेको छ ।

शनिबार विद्यालयमा आयोजित पत्रकारसम्मेलन मार्फत विद्यालयले कक्षा ११ र १२ मा पढाई हुने विषयहरुको शुल्क सूची सार्वजनिक गरेको हो ।

कार्यक्रममा कक्षा ११ र १२ मा गोमेन्द्र स्कुलले होटल मेनेजमेन्ट, कम्प्युटर साइन्स र विजनेश स्टडिज विषयमा अध्यापन गराउँदै आएको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिए ।

विर्तामोड क्षेत्रमा मध्यम र न्यून वर्गीय विद्यार्थीहरु पढ्न आउने भएकाले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिन गोमेन्द्र बिर्ता मोडेल प्रतिबद्ध रहेको निर्देशक खनालले बताए ।

गोमेन्द्र बिर्ता मोडेलले अत्याधुनिक र सुविधासम्पन्न प्रयोगशालामा दैनिक प्रयोगात्मक कक्षाहरुको माध्यमबाट होटल मेनेजमेन्ट पठनपाठन गराउँदै आएको विद्यालयका भाइस प्रिन्सिपल तीर्थ दाहालले जानकारी दिए । गोमेन्द्रले होटल मेनेजमेन्ट अन्तर्गत कक्षा ११ मा भर्ना शुल्क, मासिक शुल्क र प्रयोगात्मक शुल्क गरि ८५ हजार तोकिएको उनले बताए ।

त्यस्तै मलेसियाको लिंकल युनिभर्सिटीसँगको सहकार्यमा डुवल कोर्षका लागि २ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा ३ लाख ७० हजार, प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ३ लाख ३० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ५ लाख १० हजार शुल्क तोकिएको निर्देशक खनालले जानकारी दिए ।

त्यस्तै प्रोफेसनल डिप्लोमाका लागि २ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा २ लाख ६० हजार, डिप्लोमा इन कलिनरी आर्टसमा २ लाख २० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टसमा ४ लाख शुल्क तोकिएको खनालले जानकारी दिए । उल्लेखित सबै कार्यक्रमहरुमा परीक्षा रजिष्ट्रेशनका लागि अतिरिक्त १२० डलर लाग्ने बताइएको छ ।
त्यस्तै सिटिइभिटी अन्तर्गत वारिष्टा, वेटर÷वेट्रेस, बारटेण्डर, रिसेप्सनिष्ट आदिको छोटो अवधिको तालिमसमेत विद्यालयले प्रदान गर्दै आएको प्रिन्सिपल गीता ढकालले जानकारी दिइन् ।

होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि होटल मेची क्राउन, मेरियट होटल, मे फेयर होटल, रोयल अर्किड, वेदान्त ताज, र्याडिसन, जेबियल ग्रुप अफ होटल, एक्प्रेस इन, रमदा आदिमा इन्टर्नको व्यवस्था गरिएको छ ।

कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीहरुका लागि भर्ना शुल्क ८ हजार, मासिक शुल्क ४ हजार तथा विजनेश स्टडिज गर्नेहरुका लागि भर्ना शुल्क ८ हजार र मासिक शुल्क तीन हजार पाँच सय तोकिएको प्रिन्सिपल ढकालले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्