झापा , असार १५ । सुनसरीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक बालकसहित तीनजनाको मृत्यु भएको छ भने दुईजना गंभीर घाइते भएका छन् ।

हिजो साँझ ७.२० सुनसरीको रामधुनी नगरपालिका– ७ बासबिटीस्थित चतरा– कान्छीचोक सडकखण्डमा कान्छीचोकबाट कालाबन्जार जाँदै गरेको को ३३ प ९६०५ नं को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा पाँचजना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । प्रदेश १–०२–०५६ प ५८६४ नं को मोटरसाइकल चालक सुनसरी रामधुनी –६ बस्ने ३४ वर्षीय इनर्चन चौधरी र सोही मोटरसाइकलमा सवार उनका छोरा बर्ष ९ का प्रनिश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । चौधरीकी श्रीमती बर्ष ३२ की प्रतिक्षा चौधरीको अबस्था गम्भीर रहेको छ ।
त्यस्तै को ३३ प ९६०५ नं को मोटरसाइकलको चालक सुनसरी इनरुवा –६ बस्ने बर्ष ५० का बिन्दु यादवको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको मोटरसाइकलमा पछाडी सवार इटहरी –७ बस्ने बर्ष ३५ का रमेश चौधरीको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।