झापा, असार १५ । भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने दुई युवा पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजे नेपाल भारतको सीमा क्षेत्र काँकडभिट्टाको पुरानो मेची पुलमा सिटी सफारीमा आउँदै गरेका कनकाई वडा नं.३ बस्ने २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङ वडा नं.४ बस्ने २० वर्षीय शिशिर लिम्बूमाथि शंका लागेर शरीर तलासी लिने क्रममा दुई जनाको मलद्वारबाट १÷१ वटा पोका फेला परेको थियो ।

उक्त पोकालाई खोली हेर्दा विश्वकर्माको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम र लिम्बूको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । दुवैलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्