झापा, असार १५ । आफ्नै पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरी हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

मोरङ धनपालथान गाउँपालिका ५ बबिया बस्ने २१ वर्षीय अनिस सरदारलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा अनिसले नावालिकालाई जवरजस्ती करणी गरी कर्तव्य गरी मारी फालेको देखिएको छ । उनलाई आज दिउँसो हाडनातामा जवरजस्ती करणी र ज्यान सम्वन्धी कसुर (कर्तव्य ज्यान) मुद्धामा मोरङ जिल्ला अदालतमा म्याद थपको लागि उपस्थित गराइएको थियो ।

हिजो बिहान अन्दाजी ३ बजे मोरङ धनपालथान ५ बबिया बस्ने अक्षय सरदारकी छोरी ५ वर्षकी आत्तिका सरदार हराएको भनेर आफन्तले बिहान ५ बजे प्रहरी चौकी कर्सियामा जानकारी गराएका थिए ।

प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा वडा नं ५ स्थित दुर्गा आधारभूत विद्यालयको बाहिरपट्टि बाटोको छेउमा ती बालिका मृत अबस्थामा फेला परेकी थिइन् । प्रहरीले हिजै बालिकाका काका अनिसलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्