झापा,असार १६ । झापाका ३१ जना विद्यार्थीहरुले एसईई परीक्षामा चार जीपीए ल्याएका छन् ।

सबैभन्दा बढी बिर्तामोड २ को मोहनमाया माध्यमिक विद्यालयका तर्फबाट चार जनाले चार जीपीए ल्याएका छन् भने संस्थागत विद्यालयतर्फ इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुल गौरादहका पनि चारजना विद्यार्थीहरुले चार जीपीए ल्याएका छन् । मोहनमायाका अनुपमा निरौला , अनुराग लुइटेल , अश्विन लुइटेल र एलिना तिम्सिनाले चार जीपीए ल्याएका हुन् । त्यस्तै इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलका हेमन्त राजवंशी , कुशल लिम्बू , मुना पाण्डे र रोशिका राजवंशीले चार जीपीए ल्याएका छन् ।
त्यस्तै बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोडका दुईजनाले चार जीपीए ल्याएका छन् । सर्वोत्कृष्ट अंक ल्याउनेहरुमा अंकित कटुवाल र ह्रदयप्रसाद शिवाकोटी रहेका छन् । बिर्तामोडकै अनारमनी लिवर्टी स्कुलका सरोज निरौला र सौरव अग्रवालले पनि चार जीपीए ल्याएका छन् ।
त्यस्तै सिद्धार्थ बोर्डिङ दमकका अपेक्षा लुइटेल र अर्पण ढकालले चार जीपीए ल्याएका छन् भने माउन्ट एभरेष्ट मावि गौरादहका अर्पण रोय र जेनिश कोइरालाले चार जीपीए ल्याएका छन् । त्यस्तै हिमालय मावि दमकका एन्जल लुइटेल र अवसर शर्माले चार जीपीए ल्याएका छन् । त्यस्तै नमूना अंग्रेजी माध्यमिक विद्यालय गौरादह ७ का एलिसा सापकोटा र सुमेधा कोइरालाले पनि चार जीपीए प्राप्त गरेका छन् ।
चार जीपीए ल्याउने अन्य विद्यार्थीहरुमा महेन्द्ररत्न मावि बिर्ताबजारकी विद्या दाहाल , वीरेन्द्र मावि चन्द्रगढीका दीप मोते , प्रज्ञा एकाडेमीकी मिनुकुमारी दास कर्ण , इस्ट होराइजन मावि मेचीनगरकी अन्वेषा श्रेष्ठ , ज्ञानोदय आवासीय मावि गौरीगञ्जकी सलिना कार्की , ज्ञानकुञ्ज एकाडेमी गौरीगञ्जका सागर राउत , मदरल्याण्ड इङ्गिलस बोर्डिङ स्कुल दमककी नेहारिका शर्मा, नेशनल मेरीगोल्ड इङ्गिलस बोर्डिङ स्कुल चन्द्रगढीका प्रनिल सत्याल , झापा मोडल इङ्गिलस सेकेन्डरी स्कुल दमकका प्रज्वल पौडेल , लक्ष्मी सेकेन्डरी स्कुल अर्जुनधाराका आशुतोष ढुगेल र पारिजात इङ्गिलस बोर्डिङ स्कुल मेचीनगरकी नुब्सा लिम्बू रहेका छन् ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९७१ जनाले चार जीपीए ल्याएका छन् ।
