झापा,असार १६ । फुङलिङ नगरपालिका–१ तमोर खोलामा नुहाउने क्रममा मिक्वाखोला गाउँपालिका–३ लिबाङ निवासी २५ वर्षीय लाक्पा शेर्पा बेपत्ता भएका छन् ।

सेवालुङ क्रसरमा ट्र्याक्टर चालकका रुपमा आइतबारदेखि काम गर्दै आएका उनलाई सोमबार दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा ५ जनाको प्रहरीसहित स्थानीय खोजतलासमा खटिएको प्रहरीले जनाएको छ ।