बिर्तामोड , असार १६ । चालु आर्थिक वर्षमा ४१८ जनाले आफ्नो मोबाइल हराएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । त्यसमध्ये ८९ वटा मोबाइल खोजेर बिर्तामोड प्रहरीले सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ ।

आज २७ वटा मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । उनले यसअघि ६२ जनालाई हराएको मोबाइल खोजेर फिर्ता गरिएको जानकारी दिए । दुईवटा आइफोनसहित सामसुङ,रेडमी, भीभोलगायतका मोडलका मोबाइलहरु फेला पारेर फिर्ता गरिएको श्रेष्ठको भनाई छ ।

हराएको मोबाइल फिर्ता पाउनेहरुमा देवी संग्रौला बाह्रदशी ५ , सीता विश्वकर्मा अर्जुनधारा ६ , उदयनारायण तुम्रोक बिर्तामोड ५ , सविता लिम्बू बिर्तामोड ५ , इश्वरा नेपाल बिर्तामोड ३ , सुवास तामाङ बिर्तामोड ५ , मनवती राजवंशी बिर्तामोड ४ , भक्तबहादुर प्रधान कन्काई ३ , किरण धिमाल बिर्तामोड १ , होमनारायण माझी बिर्तामोड ६ , निशान राजवंशी बिर्तामोड २ , मनोज राजवंशी बिर्तामोड ५ , सुसन योङ्या बिर्तामोड ५ , प्रेमकुमार दास बिर्तामोड १ , धनमाया लिम्बू कन्काई ७ , प्रदीप अधिकारी बिर्तामोड ७, गोपाल चौधरी बाह्रदशी , सागर शिवभक्ति विराटनगर ३ , मुकेश थापा बिर्तामोड १ , गणेश समाल मगर अर्जुनधारा २ , अनिश थेबे अर्जुनधारा ११ , राधिका गिरी कन्काई ७ , दुर्गादेवी प्रसाई बिर्तामोड ३ , भुवन खत्री , रुद्रादेवी चौधरी कन्काई ५ , बद्री मालाकार झापा गाउँपालिका ४ र पेमा छिरिङशेर्पा जोगमाई १ इलाम रहेका छन् ।

अत्यधिक रुपमा मोबाइल हराउन थालेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले त्यससम्बन्धी निवेदन लिन प्रहरी सहायक निरीक्षक प्रदीप आले मगरलाई जिम्मेवारी दिएको छ । प्रहरीले आईएमइआई नम्बरको आधारमा ट्रयाकिङ गरी हराएको मोबाइल पत्ता लगाउने गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

हराएको मोबाइल खोजी गरेर दिने र चोरी गरेको भए त्यही अनुसारको कानुनी कार्वाही गर्ने गरिएको उनको भनाई छ । ८९ जनामध्ये एकजना मोबाइल धनीले आफ्नो मोबाइल चोरी भएको बताएपछि फिर्ता गर्ने व्यक्तिमाथि चोरी मुद्धा दर्ता गरिएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्