झापा , असार १६ । दुर्गा माध्यमिक विद्यालय गरामनीका एक शिक्षकले छात्रालाई निर्घात पिटेको भन्दै अभिभावक प्रहरीकहाँ गएका छन् ।

कक्षा ९ मा अध्ययनरत रेनुका ठाकुरले गणित पढाउने शिक्षक हरि दंगालले आफूलाई कुचोले निर्घात पिटेको बताएकी छन् । उनको तिघ्रामा चोट लागेको छ । रेनुकाको घरमै उपचार गरिरहेको बिर्तामोड ८ निवासी उनका पिता राम ठाकुरले बताएका छन् ।
ठाकुरले घटनाबारे बताएपछि अहिले साँझ घरमै प्रहरी पुगेको छ । प्रहरीले भोलि उजुरी दिनु भनेर भनेको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताएका छन् । साथीलाई ठाउँ छोडेर आफू उभिँदा रेनुकालाई शिक्षकले पिटेको बताइएको छ ।