झापा, असार १७ । चालु आर्थिक वर्ष २०८१–०८२ सकिन लागेको अबस्थामा झापाका पालिकाहरुले बजेट कार्यान्वयन गरेको प्रगति विवरण प्राप्त हुन थालेको छ ।

बजेट कार्यान्वयनमा सबैभन्दा अगाडि हल्दिवारी गाउँपालिका र सबैभन्दा पछाडि गौरीगञ्ज गाउँपालिका देखिएको छ । हल्दिवारीले ८२ प्रतिशत बजेट खर्च गर्दा गौरीगञ्जले सबैभन्दा कम ६३.५४ प्रतिशत बजेट खर्च गर्न सकेको छ । त्यस्तै झापाका पालिकाहरुको बेरुजुको अबस्था पनि घटेको छैन । सबैभन्दा बढी बेरुजु मेचीनगर नगरपालिकाको देखिएको छ ।
