झापा, असार १७ । गहना चोरी गर्ने झापा गौरादहका एक युवक पक्राउ परेका छन् ।

हिजो गौरादह ४ डोके चोक बस्ने ८८ वर्षीया मनमाया बोहोराले आफ्नो घरभित्र राखेको १२ आना सुनको नौगेडी पोते चोरी भएको थियो । त्यसबारे प्रहरी चौकी महारानीझोडामा जानकारी गराउनसाथ प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक बुद्धराज भट्टराईको कमाण्डमा टोली खटिएर बुझ्दा सोही ठाउँ बस्ने २७ वर्षीय मातृका भन्ने इश्वर सापकोटाले चोरी गरेको भन्ने शंका लागेर खानतलासी गर्दा उनले पोतेबाट नौगेडी निकालेर राखेको अबस्थामा फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको छ ।