झापा, असार १७ । झापा गाउँपालिका–६ बियर फ्याक्ट्रीनजिकै राधेश्याम मण्डलको घरमा आगलागी भएको छ ।

ग्यास सिलिन्डर पड्केर भान्सा घरबाट आगलागी शुरु भएको वडा नं ६ का वडाध्यक्ष नविनकिशोर थापाले जानकारी दिएका छन् । राति ८.३० बजे शुरु भएको आगलागीवाट ४ सय वटा परेवा पनि डढेर मरेका छन् ।

टाँटीवेराले घेरेको माथि टिनको छानो भएको भान्सा घर र सुत्ने घर पूर्णरुपमा जल्दा ४ लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीयबासी , जनप्रतिनिधि र प्रहरीले नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्