झापा, असार १९ । झापा र इलाममा काम गर्दा गर्दै दुईजना श्रमिक घाइते भएका छन् ।

आज बिहान ११;४० बजे भद्रपुर वडा न.५ स्थित भन्सार कार्यालयको तीन तले भवनको दोस्रो तलाबाट टायलको काम गर्दा गर्दै एक श्रमिक झरेका छन् ।
भद्रपुर वडा नं .७ बोक्ताबारी बस्ने ३६ वर्षीय अमृत राजवंशी अचानक झरेर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको हात,टाउको,दाहिने घुँडा र शरीरको भित्री भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता आज बिहान ९.३० बजे इलाम देउमाई –३ मन्त्र कटेजस्थित भित्री सडकखण्डमा मन्त्र कटेजदेखि चुरेघाँटीसम्मको सडक निर्माण गर्ने क्रममा सडकमा काम गर्ने कामदार माई –९ बस्ने ३३ वर्षीय सन्तोष जबेगु घाइते भएका छन् । जेनेरेटरबाट चल्ने मिक्चरमा मसला घोल्ने क्रममा मिक्चरले दाहिने हात च्यापिएर उनी घाइते भएका हुन् ।
उनलाई देउमाई –४ मंगलबारेस्थित बिशाल मेडिकलमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । घाइतेको दाहिने हातको कुहिनोभन्दा मुनिको भाग च्यापिएको बताइएको छ ।