झापा,असार १९ । डेंगी सङ्क्रमितको संख्या १६ सय ७३ पुगेको छ ।

सातै प्रदेशमामा डेंगी सङ्क्रमितको संख्या क्रमशःबढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा नयाँ डेंगीका केस पुष्टि भएको छ ।
गएको सात दिनमा सबैभन्दा धेरै २० जना गण्डकी प्रदेशमा र कम १ जना कर्णालीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, १५ कोशी, १५ बागमती, १२ लुम्बिनी, ५ मधेस, ३ सुदूरपञ्चिममा रहेको छ ।
गएको पुस महिनायता सात प्रदेशमध्ये बागमती प्रदेशमा बढी सङ्क्रमित छन् भने कम मधेस प्रदेशमा सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमितको संख्या क्रमशः ४ सय ४ बागमती, ३ सय ५८ गण्डकी, ३ सय ३४ कोशी, २ सय ७८ लुम्बिनी, २ सय ३२ सुदुरपञ्चिम, ३६ कर्णाली र ३१ मधेस प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्