झापा, असार २० । भारतबाट मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर ल्याउने झापा मेचीनगर १४ धाईजन गोलोबारी बस्ने २६ वर्षीय सरोज लामिछाने पक्राउ परेका छन् ।

गएराति ९ बजे मेचीनगर –६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ मे.८ प. १५८५ नम्बर टीभीएस मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको च्यासिसको भागमा रहेको प्वालभित्र प्लाष्टिकको पोको पारी ब्राउनसुगर लुकाएर ल्याएको फेला परेको थियो ।

प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगर र मोटरसाइकलसहित लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्