झापा, असार २१ । खोलामा पौडी खेल्ने क्रममा डुबेर सुनसरीमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुने बालकको पहिचान खुल्न सकेको छैन । आज दिउँसो १२;३० बजे इटहरी उपमहानगरपालिका वडा नं. १६ जब्दीस्थित मुरा खोलामा तत्काल नाम ,थर ,वतन नखुलेका अन्दाजी १० बर्षका बालक पौडी खेल्ने क्रममा डुबेका थिए । स्थानीयले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय पकलीमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर खोलाको दहबाट निकालेका थिए ।

उनलाई उपचारको लागि सान्बी सिटी अस्पताल इटहरी पठाएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतक बालकको पहिचान खोज्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्