झापा, असार २२ ।सुनसरीको इटहरी वडा नं. १६ जब्दीस्थित मुरा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।

यसअघि एकजनाको मृत्यु भएको भनिएकोमा दुईजनाको मृत्यु भएको हो । हिजो दिउँसो १२;३० बजे इटहरी १६ बस्ने रमेश खत्रीका छोरा बर्ष ९ का युनिस खत्री र वडा नं. ५ बस्ने बुद्धि परियारका छोरा बर्ष ११ का हेमबहादुर परियार भन्ने बिसु परियारको डुबेर मृत्यु भएको हो ।

खोलामा दुईजना बालक पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर स्थानीयले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय पकलीमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर खोलाको दहबाट निकाली उपचारको लागि सान्बी सिटी अस्पताल इटहरीमा पठाएको थियो । अस्पतालका चिकित्सकले चेकजाँच गर्दा उनीहरुको मृत्यु भइसकेको थियो ।

दुवै बालकको शव मुचुल्का गरी लास पोस्टमार्टमको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्