झापा,असार २२ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवाको शेयर निष्कासन वा विक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन् ।

आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताए । सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने भन्दै उनले चिन्ता प्रकट गरे ।
सांसद सुवालले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने झैँ विधेयक ल्याइएको भन्दै यो ठिक नभएको बताए ।