झापा, असार २२ । विषालु सर्पले टोकेर झापाको कमलमा एक बालकको मृत्यु भएको छ ।

गएराति सर्पले टोकेर कमल ४ का अन्दाजी १० वर्षका नवीन विकको मृत्यु भएको हो । हजुरबुवासंगै भुइँमा सुतेका नवीनलाई कालो गोमनले खुट्टामा टोकेको थियो । उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताए ।

बालकको मृत्युपछि खोजेर दुईवटा सर्प मारिएको छ । ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमासंगै बस्दै आएका थिए । उनका बुवा वैदेशिक रोजगारीमा गएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्