झापा, असार २३ । मोरङमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

आज बिहान ४;३५ बजे बिराटनगर –३ आयल निगमस्थित कोशी लोकमार्गमा ढाटबाट कन्चनबारीतर्फ आउँदै गरेको को.३७ प. २६४ मोटरसाइकल आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी मधुबन १ बस्ने २४ वर्षीय अरबिन यादब घाइते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
त्यस्तै गएराति १० बजे पथरीशनिश्चरे – २ स्वागत टोलस्थित भित्री सडकखण्डमा पैदल हिडिरहेका सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको सवारी दुर्घटनामा मृत्यु भएको छ । पहिचान खुल्न नसकेको सवारी साधनले ठक्कर दिई घाइते भएका साम्बालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारका क्रममा आज बिहान ३;३० बजे मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाइएको छ । ठक्कर दिने सवारी साधनको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।