झापा,असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओली आज दिउँसो १ बजे बस्ने बैठकमा स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन्।
असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, स्तोनियाका राष्ट्रपति अलार कारिससँ शिष्टाचार भेट गरेका थिए। उनले स्पेनका विभिन्न क्षेत्रको भ्रमण तथा अवलोकनसमेत गरेका थिए।
उनले वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनसमेत गरेका थिए। उनले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुका साथै विकास सहायतासम्बधी उच्चस्तरीय छ्लफलमा सहभागी बनेका थिए। त्यस्तै खानेपानी र सरसफाइमा लगानीसम्बन्धी उच्चस्तरीय साइड इभेन्टमा पनि उनले आफ्नो धारणा राखेका थिए। ‘अन्तर्रााष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ विषयक राउण्ड टेबलको उनले सहअध्यक्षता पनि गरेका थिए।