झापा, असार २३ । झापा मेचीनगर ४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा रहेका एक सडक मानवको मृत्यु भएको छ ।

हिजो भद्रपुर १० मा बेवारिसे रुपमा हिडडुल गरिरहेको अवस्थामा तत्काल वतन नखुलेका वर्ष ५० का भुन्टे कुर्मी भन्ने ब्यक्तिलाई भद्रपुर नगरपालिकाद्वारा उद्धार गरी मानव सेवा आश्रममा बाहुनडाँगीमा लगी राखिएको थियो ।

आज दिउँसो ३ बजे आश्रममा सुतेको अवस्थामा उनको मृत्यु भएको हो । प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी सहायक निरीक्षक छबिहाङ शेर्माको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको कमाण्डमा प्रहरी टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मृतक दुबै मिर्गौलासम्बन्धी बिरामी रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्