झापा, असार २४ । सुनसरीको बराहक्षेत्र –११ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

फाइल तस्वीर

कोशीटप्पु वन्यजन्तु आरक्षको कोर इलाकानजिकै रहेको सप्तकोशीको भंगालोमा आरक्षका कर्मचारीहरुले जंगली भाले हात्ती मृत अवस्थामा फेला पारेका हुन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत तथा नेपाली सेनाको टोली खटिएर करिब ५० वर्षको भाले हात्ती शरीरको आधा भाग पानीमा डुवेको अवस्थामा फेला पारी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्