झापा, असार २४ । आज साँझ वर्षासंगै परेको चट्याङले लागेर ताप्लेजुङमा एकजना घाइते भएका छन् ।

साँझ ५;३० बजे सिदिङ्वा – ३ थुङरुङ्वा वस्ने ३५ वर्षीय राजकुमार लिम्बू (देवान) आफ्नै घरमा बसिरहेको अबस्थामा पानीसंगै परेको चट्याङले लागेर घाइते भएका हुन् ।

घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा साब्लाखु स्वास्थ्य चौकीमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्