झापा, असार २७ । झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा रहेको शान्त जीवन प्रतिष्ठान महिला सुधार केन्द्रबाट एक महिला फरार भएकी छन् ।

गएराति ९;३० बजे सो सुधार केन्द्रबाट पाँचथर मिक्लाजुङ गाउँपालिका २ सराङडाडा बस्ने २१ वर्षीया समीक्षा काफ्ले फरार भएकी हुन् । समीक्षालाई उनका दाजु सुरेन्द्र काफ्लेले गत वर्षको भदौ १४ गते ल्याई सो सुधार केन्द्रमा राखेका थिए ।

सुधार केन्द्रबाट महिला भागेर बेपत्ता भएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ । प्रहरीले उनको हुलिया सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्