झापा, असार २७ । झापामा ११जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् ।

भद्रपुरमा ६ जना र दमकमा ५ जना पक्राउ परेका हुन् । हिजो साँझ ६ बजेदेखि राति ८ बजेसम्म वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले स्वीप अपरेसन गरी भद्रपुर –५ बसपार्कबाट ६ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भद्रपुर वडा न.५ भद्रपुर बजार बस्ने २२ वर्षीय रितेश यादव, वडा नं ६ संगमचोक बस्ने २३ वर्षीय राहुल हलुवाई , वडा नं ५ जनता चोक बस्ने २६ वर्षीय भरतकुमार गणेश ,गिरी चोक बस्ने २५ वर्षीय बिजय यादव , वडा नं .४ मन्त्री चोक बस्ने २७ वर्षीय राजु राजवंशी र बिर्तामोड वडा न.५ भद्रपुर बस स्टेन्ड बस्ने १७ वर्षीय राजन चौधरी रहेका छन् । उनीहरुमध्ये दुईजनालाई छोडिएको र चारजनालाई नियन्त्रणमै राखिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिए ।

त्यस्तै गएराति ९;४५ बजे दमक वडा नं ८ बालुवाटारमा लागूपदार्थ सेवन गरी स्थानीयसँग झैझगडा गरिरहेका सिटी चालक वडा नं ५ बस्ने ५२ वर्षीय रोशन सुन्दासलाई इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले प्र.१–०१–००१ ह ८८५० नम्बरको सिटीसहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे दमक वडा न.४ आस्था कलेज पछाडी बाटोमा प्र.१–०१–०२ ह ३११ नम्बरको सिटी सफारीमा शंकास्पद रुपमा रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक वडा न.४ बस्ने १९ वर्षीया प्रिया तामाङ, वडा न. ५ बस्ने १९ वर्षीय सुमित सुन्दास, सोही ठाउँ बस्ने २१ वर्षीय प्रविन चेम्जोङ र वडा न. १० सानो बाह्रघरे बस्ने २७ वर्षीय मनोज खनाल रहेका छन् ।

सिटी सफारीमा उनीहरुले राखेको कालो रंगको झोलामा ट्रामाडोल ३५ ३५० क्याप्सुल, अनारगन ३५० चक्की बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्