झापा, असार २९ । मोरङको कटहरी चोकमा १०५ बोरा गाँजासहित ट्रक प्रहरीले पक्राउ गरेको छ ।

गएराति १२.३५ बजे कटहरी –३ स्थित कटहरी चोकमा प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले चेकिङ गरिरहेको अवस्थामा चेकिङ टोलीलाई देखेर को. १ ख ४५१८ न.को ट्रक सोही स्थानमा छाडेर चालक फरार भएका थिए ।

उक्त ट्रक चेकजाँच गर्दा १०५ बोरा अर्थात अन्दाजी ३१५० के.जी. गाँजा फेला परेको थियो । उक्त गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको छ । ट्रक चालकको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्